जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी « Khabarhub

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् ।   जलेश्वर नगरपालिकाको वडा नं १ स्थित कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि ६ सय दुई राखिएका छन् ।

जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले  कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए ।

विसं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुरानो सो कारागारको भौतिक संरचना पनि जीर्ण बनेको जनाइएको छ ।  उनले कारागारमा हाल ३८  भारतीयसहित ६ सय दुई कैदीबन्दी बस्दै आएका बताए ।

लामो समयदेखि मर्मतसम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदीबन्दीको बसाइ कष्टकर हुने गरेको जनाइएको छ ।

अहिले कैदीबन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत समस्या हुन थालेको चौकीदार चनरदीप यादवले बताए । ती कैदीबन्दीका लागि कारागारभित्र केवल २४  कोठा, १५  शौचालय, सात ह्याण्डपाइप (कल) र ६ धारामात्रै छन् । यसले कैदीबन्दीको दैनिक जीवनलाई प्रभावित बनाएको छ ।

उनले कोठा अभावमा कठ्याङ्ग्रिँदो जाडोमा धेरै कैदीबन्दीलाई बाहिर सुत्नुपर्ने, शौचालय जान पालो कुर्नुपर्ने, नुहाउन र पानी लिनका लागि लाइनमा बस्नुपर्ने तथा खुला आकासमुनि खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरे ।

रुघाखोकी, भाइरल ज्वरोलगायतका कैदीबन्दीको जीवन प्रभावित बनेको चौकीदार यादवले बताए । उनका अनुसार कारागारमा २० गम्भीर प्रकृतिका बिरामी र अन्य विभिन्न स्वास्थ्य समस्या भएका कैदीबन्दी ठाउँ अभावका कारण सँगै खान, बस्न, सुत्न बाध्य छन् ।

हिउँदमा शीतलहर, चिसो हावा र जाडोको प्रत्यक्ष मारमा पर्छ भने वर्षा सुरु भएपछि पानी चुहिने र जम्नुका साथै ठूलो वर्षापछि बाढीको चपेटामा समेत पर्ने गरेको जनाइएको छ । सहरी विकास तथा भवन निर्माण विभागले जलेश्वर कारागार कैदीबन्दी बस्न अयोग्य भएको प्रतिवेदन नै बुझाएको बताइएको छ ।

जीर्ण भौतिक संरचना, क्षमताभन्दा बढी कैदीबन्दीको चाप, स्वास्थ्य खाद्यान्न तथा पानी आपूर्तिको अभाव, नियमित र स्तरीय स्वास्थ्य जाँचको अभाव, खेलकुद तथा मनोरञ्जनको अभावजस्ता समस्याका कारण विभिन्न रोगको समस्या बढ्दै गएको कारागार सुधारसम्बन्धी विगतमा गठित विभिन्न समितिको प्रतिवेदनमा उल्लेख छ ।

कारागार ऐन, २०१९ मा रोगी, थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने, पागल वा अर्धपागल थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ३१ बजे

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौं– सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३

दाङमा ४७१ जना एचआइभी सङ्क्रमितको उपचार हुँदै

देउखुरी– दाङमा ४७१ जना एचआइभी एड्सका बिरामीले उपचार गराइरहेका छन्

एनपीएल खेल्न फाफ डुप्लेसिस काठमाडौं आइपुगे (तस्बिरहरू)

काठमाडौं– साउथ अफ्रिकन क्रिकेट खेलाडी फाफ डुप्लेसिस नेपाल आइपुगेका छन्