‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलको पारिश्रमिक कति ? « Khabarhub

‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलको पारिश्रमिक कति ?


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मल्टिस्टार फिल्म ‘पुजार सार्की’को कास्कीको कास्कीकोटमा छायांकन थालेको आइतबार छैटौँ दिन पुगेको छ । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एक साथ देखिने भएकाले फिल्मको चर्चा चुलिँदो छ ।

सन् २०२४ मै प्रदर्शनमा आउने बुझिएको यो फिल्म सम्भवतः वर्षको बहुप्रतिक्षित फिल्म हुनेछ । अहिलेका ‘डिमान्डेड’ नायक प्रदीपलाई फरक भूमिकामा हेर्न दर्शक प्रतीक्षारत छन् । कुनै समय सबैभन्दा बढी पारिश्रमिक बुझ्ने ‘लभर बोइ’ आर्यनका कारण पनि फिल्मले चर्चा बटुल्न सहयोग गरेको छ ।

फिल्ममा प्रदीपको ‘स्किन टाइम’ आर्यन र पलको भन्दा केही बढी भएको बुझिएको छ । यद्यपि तीनै नायक मुख्य भूमिकामा रहेको र ‘स्किन टाइम’मा २० को १९ मात्रै फरक भएको निर्माण पक्षले स्पष्ट पारेको छ ।

निर्माण पक्ष करिब तीन करोड लागतमा फिल्म पूरा गर्ने उद्देश्यले छायांकनमा निस्किएको छ । तीन डिमान्डेड नायकको कति पारिश्रमिकमा निर्माण पक्षले कति खर्च ग¥यो ? यो पनि चर्चाको विषय बनेको छ ।

स्रोतले खबरहबलाई दिएको जानकारीअनुसार पलले यो फिल्मबाट २० लाख पारिश्रमिकमा सम्झौता गरेका हुन् । त्यस्तै, आर्यनले आफ्नो चल्तीको रेट १५ लाख पारिश्रमिक लिने सहमति भएको छ । घनिष्ट मित्र निर्देशक दिनेश राउतको फिल्म भएकाले उनले पारिश्रमिक बार्गेनिङ नगरेको स्रोत बताउँछ ।

त्यस्तै, प्रदीपको रेट बजारमा ५० लाख भए पनि यस फिल्ममा उनी ३० लाखमा अनुबन्ध भएको स्रोत स्पष्ट छ । स्रोत थप्छ, ‘५० लाख दिने भनेको चलचित्रमा पनि प्रदीपले कथा मन नपरेर अस्वीकार गर्ने गरेका छन् । तर यस फिल्मको कथाले उनी पारिश्रमिकमा लचक देखाएको हुन सक्छ ।’

लेखक विकास सुवेदी र निर्देशक राउतसँग चलचित्र ‘प्रकाश’को टिम भएकाले पनि प्रदीपले पारिश्रमिकमा जोड नगरेको हुन सक्ने स्रोत बताउँछ । ‘प्रकाश’ प्रदीपको अभिनय क्षमतालाई प्रमाणित गर्न सहयोग गरेको फिल्म हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ११ : ०४ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था