‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन प्रवर्द्धनको मार्गचित्र « Khabarhub

‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन प्रवर्द्धनको मार्गचित्र


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कवि तथा नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन विकासका लागि एउटा दरिलो मार्गचित्र हुन सक्ने साहित्यकार एवम् समालोचकहरूले औंल्याएका छन् ।

शनिबार सार्वजनिक गरिएको कृतिमा हिमाली जिल्ला डोल्पा, त्यहाँको भूबनोट, भाषा–संस्कृति र प्राकृतिक मनोरमताको बडो लालित्यपूर्ण तरिकाले लिपिबद्ध गरिएको हुँदा यो एउटा गहकिलो दस्तावेज हुन सक्ने कुरा औंल्याइएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक सावित्री मल्ल कक्षपतिले यो कृति नीति निर्मातासम्म पुग्नुपर्ने बताइन् ।

कृतिमा जातीय एवम् भाषिक अध्ययनको मर्म समेत भेटिने बताउँदै कक्षपतिले ‘आकाश ओढेको डोल्पो’ जस्तै कृतिले आन्तरिक पर्यटन प्रवद्र्धन एवम् विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने बताइन् ।

‘पर्यटन व्यवसायीबाट सुनिन्छ, अचेल विदेशीले भन्दा आन्तरिक पर्यटकले बढी खर्च गर्छन्,’ उनले भनिन्, ‘यिनै पक्षलाई प्रवद्र्धन गर्न पनि खतिवडाको कृति हरेक विकास निर्माताले पढ्नुपर्छ । यो एउटा साहित्यिक वा नियात्राकृति मात्रै नरहेर डोल्पा जिल्लाको विकासको सपना देखाउने हरेकले पढ्नुपर्ने उनको भनाइ थियो ।

समालोचक कक्षपतिले भवानी खतिवडाले आउँदा दिनमा यस्तै र अझ सशक्त कृतिहरू सिर्जना गर्दै जानुपर्ने धारणा राखेकी थिइन् । भूमि, भूगोल, भाषा, धर्म, जीवनपद्धति र रहनसहनको समेत मिहिन उत्खनन् गरेर लेखिएको ‘आकाश ओढेको डोल्पो’ नियात्रा साहित्यमा फरक एवम् मौलिक खालको पहिचान राख्न सफल हुने उनको विश्लेषण थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : २४ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल