‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन प्रवर्द्धनको मार्गचित्र « Khabarhub

‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन प्रवर्द्धनको मार्गचित्र


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कवि तथा नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ आन्तरिक पर्यटन विकासका लागि एउटा दरिलो मार्गचित्र हुन सक्ने साहित्यकार एवम् समालोचकहरूले औंल्याएका छन् ।

शनिबार सार्वजनिक गरिएको कृतिमा हिमाली जिल्ला डोल्पा, त्यहाँको भूबनोट, भाषा–संस्कृति र प्राकृतिक मनोरमताको बडो लालित्यपूर्ण तरिकाले लिपिबद्ध गरिएको हुँदा यो एउटा गहकिलो दस्तावेज हुन सक्ने कुरा औंल्याइएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक सावित्री मल्ल कक्षपतिले यो कृति नीति निर्मातासम्म पुग्नुपर्ने बताइन् ।

कृतिमा जातीय एवम् भाषिक अध्ययनको मर्म समेत भेटिने बताउँदै कक्षपतिले ‘आकाश ओढेको डोल्पो’ जस्तै कृतिले आन्तरिक पर्यटन प्रवद्र्धन एवम् विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने बताइन् ।

‘पर्यटन व्यवसायीबाट सुनिन्छ, अचेल विदेशीले भन्दा आन्तरिक पर्यटकले बढी खर्च गर्छन्,’ उनले भनिन्, ‘यिनै पक्षलाई प्रवद्र्धन गर्न पनि खतिवडाको कृति हरेक विकास निर्माताले पढ्नुपर्छ । यो एउटा साहित्यिक वा नियात्राकृति मात्रै नरहेर डोल्पा जिल्लाको विकासको सपना देखाउने हरेकले पढ्नुपर्ने उनको भनाइ थियो ।

समालोचक कक्षपतिले भवानी खतिवडाले आउँदा दिनमा यस्तै र अझ सशक्त कृतिहरू सिर्जना गर्दै जानुपर्ने धारणा राखेकी थिइन् । भूमि, भूगोल, भाषा, धर्म, जीवनपद्धति र रहनसहनको समेत मिहिन उत्खनन् गरेर लेखिएको ‘आकाश ओढेको डोल्पो’ नियात्रा साहित्यमा फरक एवम् मौलिक खालको पहिचान राख्न सफल हुने उनको विश्लेषण थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : २४ बजे

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र