आदिवासी जनजातिको सीपलाई संरक्षण गर्न पहल गर्छु : प्रधानमन्त्री « Khabarhub

आदिवासी जनजातिको सीपलाई संरक्षण गर्न पहल गर्छु : प्रधानमन्त्री


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरी राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताएका छन् ।

आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी जनजातिको साँस्कृतिक सम्पदालाई ‘युनेस्को’ मा अभिलेखन एवं आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्नका लागि सरकारले यथासम्भव पहल लिने स्पष्ट पारे ।

आदिवासी जनजाति आयोगमा साधनस्रोतको कमी रहेको, ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको भन्ने विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक पहल हुनेमा विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आदिवासी जनजाति समुदायमाथि तत्कालिन राज्यसत्ताले गरेको विभेद र उत्पीडनविरूद्ध आदिवासी जनजाति समुदायले आफ्नो पहिचान र प्रतिनिधित्वका लागि गरेको सङ्घर्ष र बलिदानको परिणाम आदिवासी जनजाति आयोगको व्यवस्था भएको उल्लेख गरे ।

प्राप्त उपलब्धि सामान्य मेहनत र सङ्घर्षबाट प्राप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले सामन्ती तथा एकात्मक सत्ताले विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायमाथि गरेको दमन र उत्पीडनका विरूद्ध हजारौँ योद्धाको रगत पसिना र लाखौँ जनसमुदायको सङ्घर्षबाट आजका उपलब्धिहरु प्राप्त भएको स्मरण गरे ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : ३५ बजे

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?

काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द 

कास्की– पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा