सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस | Khabarhub Khabarhub

सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व क्यान्सर दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले क्यान्सर रोगलाई न्यूनीकरण गर्न सरोकारवाला सबै निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ ।

डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको चिकित्सकहरूले जनाएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : ५३ बजे

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी