रंगकर्मी भट्टराईले ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन ल्याउने « Khabarhub

रंगकर्मी भट्टराईले ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन ल्याउने


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चारकर्मी तथा रंगकर्मी नरेश भट्टराईले ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन ल्याउने भएका छन् ।नयाँ सिजनलाई उनले ‘मेरो एउटा साथी छः रिलोडेड’ नाम दिएका छन् ।

‘पहिलेको तुलनामा केही फरक गरेका छौँ, त्यसैले यसको नाम पनि फरक गरिएको हो ।’ उनले भने, ‘यसमा नजिकका साथीले कसरी चिनिरहेका छन् भन्ने बारेमा रमाइलो कुराकानी गर्ने गरिन्छ । धेरै अतिथिले सामान्य रुपमा नगरिने कुराहरू कार्यक्रममा गरियो भन्नुहुन्छ, मित्रतालाई अझै बढाउने र बुझाउने कार्यक्रम बनेको भन्ने प्रतिक्रिया पाइरहेको छु ।’

कार्यक्रममा पहिलो अतिथिको रुपमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल हुनेछन् । सामान्यतया कार्यक्रम नदेखिने उनहरु दुईको मित्रतासँगै रमाइला कुराहरु कार्यक्रममा सुन्न पाउने भट्टराईले बताए । यो कार्यक्रम देशमा मात्र नभइ विदेशमा समेत उत्तिकै लोकप्रिय छ । कार्यक्रम माघ २३ देखि हरेक मंगलबार राती ९ बजे प्राइम टेलिभिजनमा आउने उनले जानकारी दिएका छन् ।

उनले देशसँगै विदेशको स्टेज कार्यक्रममा व्यस्त हुँदा पनि टेलिभिजन र रेडियो छाडेको छैनन् । हाल उनी ‘म्युजिकल टूर २०२४’ अन्तर्गत युरोप भ्रमणमा छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : १९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका