रंगकर्मी भट्टराईले ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन ल्याउने | Khabarhub Khabarhub

रंगकर्मी भट्टराईले ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन ल्याउने


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चारकर्मी तथा रंगकर्मी नरेश भट्टराईले ‘मेरो एउटा साथी छ’ को नयाँ सिजन ल्याउने भएका छन् ।नयाँ सिजनलाई उनले ‘मेरो एउटा साथी छः रिलोडेड’ नाम दिएका छन् ।

‘पहिलेको तुलनामा केही फरक गरेका छौँ, त्यसैले यसको नाम पनि फरक गरिएको हो ।’ उनले भने, ‘यसमा नजिकका साथीले कसरी चिनिरहेका छन् भन्ने बारेमा रमाइलो कुराकानी गर्ने गरिन्छ । धेरै अतिथिले सामान्य रुपमा नगरिने कुराहरू कार्यक्रममा गरियो भन्नुहुन्छ, मित्रतालाई अझै बढाउने र बुझाउने कार्यक्रम बनेको भन्ने प्रतिक्रिया पाइरहेको छु ।’

कार्यक्रममा पहिलो अतिथिको रुपमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल हुनेछन् । सामान्यतया कार्यक्रम नदेखिने उनहरु दुईको मित्रतासँगै रमाइला कुराहरु कार्यक्रममा सुन्न पाउने भट्टराईले बताए । यो कार्यक्रम देशमा मात्र नभइ विदेशमा समेत उत्तिकै लोकप्रिय छ । कार्यक्रम माघ २३ देखि हरेक मंगलबार राती ९ बजे प्राइम टेलिभिजनमा आउने उनले जानकारी दिएका छन् ।

उनले देशसँगै विदेशको स्टेज कार्यक्रममा व्यस्त हुँदा पनि टेलिभिजन र रेडियो छाडेको छैनन् । हाल उनी ‘म्युजिकल टूर २०२४’ अन्तर्गत युरोप भ्रमणमा छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : १९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग