कृषि पर्यटन मार्गमा कालोपत्र | Khabarhub Khabarhub

कृषि पर्यटन मार्गमा कालोपत्र


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  जिल्लाका तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्र गरिएको हो ।

व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमाना रहेको यो मार्ग भीमाद नगरपालिका क्षेत्रमा जोडिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत कृषि पर्यटनका लागि  सो मार्ग निर्माण गरिएको हो ।

उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुई सय मिटर सडक ढलान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ठेक्का सम्झौतालगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरी लक्ष्य अगावै कालोपत्र गरिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले जानकारी दिए ।

मङ्लादेवी सुवास कन्ट्रक्सन कम्पनीले विसं २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि चार करोड ४३ लाख ४० हजार पाँच सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

उक्त मार्गले तीन पालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् ।

योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र अन्तिम भुक्तानी प्रदान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए ।

त्यसैगरी व्यास नगरपालिका–११ मा एक हजार सात सय मिटर लामो बाराही– रानीमार्ग आठ महिनाअघि कालोपत्र गरिएको थियो ।

उक्त दुवै योजना क्रमश : आठ महिना र चार महिना अघि सकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले विसं २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि रु चार करोड ४३ लाख ४० हजार पाँच २८ मा ठेक्का सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : ३६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग