सुनसरीमा महिला हिंसाका घटना बढ्दै « Khabarhub

सुनसरीमा महिला हिंसाका घटना बढ्दै


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको उनको भनाइ थियो । आर्थिक वर्ष २०७८/७९ मा जबर्जस्ती करणीसम्बन्धी एक सय वटा मुद्दा दर्ता भएकामा २०७९/८० मा १०६ वटा मुद्दा दर्ता भएको थियो । जबरजस्ती करणी उद्योगमा आव २०७८/७९ मा ३० वटा र ०७९/८० मा १६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आठ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मानव बेचबिखन शिर्षकमा आव २०७८/७९ मा आठ वटा र ०७९/८० मा एउटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा एउटा मात्र मुद्दा दर्ता भएको छ । त्यसैगरी अपहरण तथा शरीर बन्धक शीर्षकमा आव २०७८/७९ मा चार वटा र ०७९/८० मा दुई वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुस सम्ममा दुई वटा मात्र मुद्दा दर्ता भएको छ ।

त्यसैगरी ‘बाल बिज्याँई’ शीर्षकमा आव २०७८/७९ मा एउटा र ०७९/८० मा एउटा मुद्दा दर्ता भएकामा चालु आवकोे पुसमहिनासम्म एउटा पनि मुद्दा दर्ता नभएको प्रहरीले जनएको छ । त्यसैगरी बोक्सीको अरोपमा आव २०७९/८० मा एउटा र चालु आवको पुससम्ममा एउटा मुद्दा दर्ता भएको थियो । बालयौन दुरुपयोग शीर्षकमा आव २०७८/७९ मा १५ वटा र ०७९/८० मा १४ वटा मुद्दा दर्ता भएकामा चालु आवको गत पुस सम्ममा पाँच वटामात्र मुद्दा दर्ता भएको थियो ।

त्यसैगरी बहुविवाह शीर्षकमा आव २०७८/७९ मा ३६ वटा र ०७९/८० मा २६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा १९ वटा मात्र मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । समाजमा महिलाका लागि आधारभूत तथा उच्च शिक्षामा कम लगानी, विविधताको पहिचान र सम्मान नहुनु, तेस्रो लिङ्गिको सवाल, फितलो समावेशीताको नीति, लैङ्गिक असमानता, विद्यमान नीति कार्यान्वयनमा ढिलाइ, बढ्दो परनिर्भरता, बेरोजगारी, कुसंस्कार, सामाजिक सञ्जालको दुरुपयोग, लक्षित वर्गको पहुँच पुग्न नसक्नु र सहभागितामा कमीले महिला हिंसाको घट्ना बढ्दो क्रममा रहेको प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ४९ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो