विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो र ट्रफी सार्वजनिक « Khabarhub

विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो र ट्रफी सार्वजनिक


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी सार्वजनिक गरिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ ।

भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुने छन् । एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने राखेपले अनुमान गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ०३ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर