पोखराबाट १२ जना जुवाडे पक्राउ | Khabarhub Khabarhub

पोखराबाट १२ जना जुवाडे पक्राउ


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका-११ धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा पुन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार २ सय २५ रुपैयाँ, खेलमा प्रयोग हुने गोटी १६ वटा र डाईस १ वटासहित पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१२ प्रगति टोल डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका-८ तुरतुरे घर भएका ६६ वर्षीय नर बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ३५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ५८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले