श्रीलङ्का अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको छ : राष्ट्रपति विक्रमासिङ्घे « Khabarhub

श्रीलङ्का अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको छ : राष्ट्रपति विक्रमासिङ्घे


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले मुलुक अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको बताएका छन् । आइतबार स्वतन्त्रता दिवसका अवसरमा गरिएको सम्बोधनमा राष्ट्रपति विक्रमासिङ्घेले  विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको मुलुकको आर्थिक सङ्कट बिस्तारै सुधार आइरहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को जमानत नियमनसम्बन्धी मितव्ययितापछि मुलुकको अर्थतन्त्रमा सकारात्मक नतिजा आएको उनले बताए । राष्ट्रपति रानिल विक्रमासिङ्घेले ‘आर्थिक रूपमा दिवालिया राष्ट्रको प्रतीक बनाइएको अपमान’ को स्मरण गर्दै परम्परागत रूपमा आयोजना गरिने वार्षिक सम्बोधनमा उनले बिस्तारै’ अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको बताए ।

सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण नतिरेपछि श्रीलङ्का विदेशी मुद्रामा आएको कमीका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तु आयात गर्न असमर्थ भएको थियो । आर्थिक सङ्कटको चरमोत्कर्षमा श्रीलङ्कामा गरिएको महिनौँको नागरिक आन्दोलनको बलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई पदच्युत गरिएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गत वर्ष मार्चमा श्रीलङ्कालाई सुधार कार्यक्रमअन्तर्गत दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको चार वर्षे कर्जाको पहिलो किस्ता जारी गरेको थियो । राष्ट्रपति विक्रमासिङ्घेले भने, “यो यात्राको दौडान, चुनौतीहरू क्रमशः हट्नेछन्, जीवनका बोझहरू हल्का हुनेछन्, अर्थव्यवस्था मजबुत हुनेछ ।” उनले भने, “विगतका गल्तीबाट अन्तरदृष्टि प्राप्त गर्नु र त्यसको पुनरावृत्ति हुनबाट जोगिनु अत्यावश्यक छ ।”

सेन्ट्रल बैंक अफ श्रीलङ्काको तथ्याङ्कअनुसार सरकारले जमानत कर्जालाई कायम राख्न आईएमएफका शर्तअनुसार कर बढाएपछि गत महिना मूल्यमा छ प्रतिशतभन्दा बढीको वृद्धि भएको थियो । बैङ्कका अनुसार ६.४ प्रतिशतको वृद्धि डिसेम्बरमा देखिएको ४.० प्रतिशतको तुलनामा निकै बढी हो । यद्यपि, सन् २०२२ मा श्रीलङ्काको वित्तीय सङ्कटको चरम बिन्दुमा मुद्रास्फीति लगभग ७० प्रतिशतमा पुगेको थियो । अहिलेको मुद्रास्फीति त्यतिवेलाको स्तरको दशौं हिस्साभन्दा पनि कम हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ५२ बजे

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित