श्रीलङ्का अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको छ : राष्ट्रपति विक्रमासिङ्घे « Khabarhub

श्रीलङ्का अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको छ : राष्ट्रपति विक्रमासिङ्घे


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले मुलुक अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको बताएका छन् । आइतबार स्वतन्त्रता दिवसका अवसरमा गरिएको सम्बोधनमा राष्ट्रपति विक्रमासिङ्घेले  विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको मुलुकको आर्थिक सङ्कट बिस्तारै सुधार आइरहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को जमानत नियमनसम्बन्धी मितव्ययितापछि मुलुकको अर्थतन्त्रमा सकारात्मक नतिजा आएको उनले बताए । राष्ट्रपति रानिल विक्रमासिङ्घेले ‘आर्थिक रूपमा दिवालिया राष्ट्रको प्रतीक बनाइएको अपमान’ को स्मरण गर्दै परम्परागत रूपमा आयोजना गरिने वार्षिक सम्बोधनमा उनले बिस्तारै’ अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको बताए ।

सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण नतिरेपछि श्रीलङ्का विदेशी मुद्रामा आएको कमीका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तु आयात गर्न असमर्थ भएको थियो । आर्थिक सङ्कटको चरमोत्कर्षमा श्रीलङ्कामा गरिएको महिनौँको नागरिक आन्दोलनको बलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई पदच्युत गरिएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गत वर्ष मार्चमा श्रीलङ्कालाई सुधार कार्यक्रमअन्तर्गत दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको चार वर्षे कर्जाको पहिलो किस्ता जारी गरेको थियो । राष्ट्रपति विक्रमासिङ्घेले भने, “यो यात्राको दौडान, चुनौतीहरू क्रमशः हट्नेछन्, जीवनका बोझहरू हल्का हुनेछन्, अर्थव्यवस्था मजबुत हुनेछ ।” उनले भने, “विगतका गल्तीबाट अन्तरदृष्टि प्राप्त गर्नु र त्यसको पुनरावृत्ति हुनबाट जोगिनु अत्यावश्यक छ ।”

सेन्ट्रल बैंक अफ श्रीलङ्काको तथ्याङ्कअनुसार सरकारले जमानत कर्जालाई कायम राख्न आईएमएफका शर्तअनुसार कर बढाएपछि गत महिना मूल्यमा छ प्रतिशतभन्दा बढीको वृद्धि भएको थियो । बैङ्कका अनुसार ६.४ प्रतिशतको वृद्धि डिसेम्बरमा देखिएको ४.० प्रतिशतको तुलनामा निकै बढी हो । यद्यपि, सन् २०२२ मा श्रीलङ्काको वित्तीय सङ्कटको चरम बिन्दुमा मुद्रास्फीति लगभग ७० प्रतिशतमा पुगेको थियो । अहिलेको मुद्रास्फीति त्यतिवेलाको स्तरको दशौं हिस्साभन्दा पनि कम हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ५२ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय