जबजको औचित्य सकिएको छैन : अध्यक्ष नेपाल « Khabarhub

जबजको औचित्य सकिएको छैन : अध्यक्ष नेपाल


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताएका हुन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको परिवेशमा जबजको सान्दर्भिकता र आवश्यकता रहेको उनले बताए । उनले नेपालको परिवेशमा बहुदलीय प्रतिष्पर्धाको माध्यमबाट नै अरु पार्टीलाई पराजित गर्दै नेपाली समाजको रुपान्तरण गर्न सक्ने धारणा राखे ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका भुसालको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ०४ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले