क्यानाडाविरुद्धको सिरिज र लिग २ खेल्ने खेलाडीको सूची सार्वजनिक « Khabarhub

क्यानाडाविरुद्धको सिरिज र लिग २ खेल्ने खेलाडीको सूची सार्वजनिक


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले क्यानाडाविरुद्धको सिरिज र विश्वकप लिग २ खेल्ने खेलाडीको सूची जारी गरेको छ । आइतबार सामाजिक सञ्जालमार्फत् क्यानले खेलाडीको सूची सार्वजनिक गरेको छ ।

यसअनुसार क्यानाडाविरुद्धको सिरिजका लागि कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह परेका छन् । नेपालले आगामी फेब्रुअरी ८ देखि १२ सम्म क्यानाडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी, विश्वकप लिग २ मा रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल छन् ।

लिग २ का लागि वैकल्पिक खेलाडीका रुपमा देव खनाल, प्रतिश जिसी, अनिल साह र विवेक यादव रहेका छन् । नेपालले आगामी फेब्रुअरी १५ देखि २४ सम्म आईसीसी विश्वकप लिग २ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : ३२ बजे

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर