इमरान खानकी बहिनीविरुद्ध ‘राज्यविरोधी’ भाषणका लागि अनुसन्धान सुरु | Khabarhub Khabarhub

इमरान खानकी बहिनीविरुद्ध ‘राज्यविरोधी’ भाषणका लागि अनुसन्धान सुरु


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) ले ‘राज्यविरोधी’ भाषणको आरोपमा बोलाएको दि एक्सप्रेस ट्रिब्युनले बताएको छ ।

एफआईएले कथितरूपमा जनता र पाकिस्तानी सशस्त्र बलबीच ‘विभाजन सिर्जना’ गरेको आरोपमा अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको छ । उक्त संस्थाले फेब्रुअरी ६ को बिहान ११ बजे (स्थानीय समय) उनलाई बोलाएको छ ।

एजेन्सीका सहायक अनुसन्धान निर्देशक  एजाज अहमद शेखले जारी गरेको सूचनामा गृह मन्त्रालयलको अनुरोधमा एफआईए शाखा अधिकृतले अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको बताइएको छ । एक्सप्रेस ट्रिब्युनले दिएको जानकारीअनुसार सूचनामा अलिमालाई ‘आपराधिक षड्यन्त्र र राज्यविरोधी भाषणमार्फत जनता र सेनाबिच विभाजन सिर्जना गरेको’ आरोप लगाइएको छ ।

उनी इस्लामाबादमा एफआईएको मुख्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ । उक्त सूचना पाकिस्तानको आपराधिक प्रक्रिया संहिता (सीआरपीसी) को धारा १६० अन्तर्गत जारी गरिएको थियो र अलिमाले सोधपुछमा आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्नेछ ।

अन्यथा कानूनी  कारवाही गरिने जनाइएको छ । अलिमालाई उक्त सूचना उनको लाहोरस्थित निवासमा प्राप्त भएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : ५१ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय