आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका « Khabarhub

आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कटारी – उदयपुरको कटारी नगरपालिकाका ४ सय ५० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले दुइदिने निःशुल्क आँखा शिविर उनीहरुको निःशुल्क आँखा जाँच गराएको हो ।

समूहका अध्यक्ष विजयअधिकारीका अनुसार शिविरमा आएका ६१ जनामा मोतिविन्दु तथा आँखामा मासु पलाएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । इटहरिस्थित नवदृष्टि आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ ।

स्वास्थ्य शिविरमा अस्पतालले नै निःशुल्क उपचारको व्यवस्था गरेको थियो । “आज २५ जनालाई उपचारका लागि हस्पिटल पठाएका छौँ” समूहका सचिव राजकुमार थापा क्षेत्रीले भने ,“अन्यलाई पनि पालैपालो निःशुल्क शल्यक्रियाका लागि लैजाने छौँ ।”

नगरपालिकाका उपप्रमुख गीता खड्काले नगरका आँखाका बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिएको बताए ।

शिविरमा परीक्षण गरिएका बिरामीहरुलाई निःशुल्क औषधि तथा चस्माको पनि व्यवस्था गरिएको छ । आर्थिक अभावका कारण आँखाको उपचार गराउन असमर्थहरुलाई उपचार, औषधि र चस्माको व्यवस्था गरिएको उपप्रमुख खड्काले बताए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ०९ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते