जेलेन्स्कीद्वारा युद्धग्रस्त गाउँ रोबोटाइनको भ्रमण « Khabarhub

जेलेन्स्कीद्वारा युद्धग्रस्त गाउँ रोबोटाइनको भ्रमण


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी सीमावर्ती गाउँ रोबोटाइनमा सेनाको भ्रमण गरेको बताएका छन् । गत गृष्मयाममा रुसी सेनाबाट फिर्ता लिइएको रोबोटाइनले पुनः आक्रमणको सामना गरिरहेको छ ।

किएभले गत वर्ष अगस्टमा दक्षिणी जापोरिजिया क्षेत्रको यस सानो गाउँलाई पुनः कब्जा गरेको थियो । यसलाई रुसी सेनाविरुद्धको जवाफी आक्रमणमा ठूलो सफलताको रूपमा हेरिएको छ । त्यसबेलादेखि रोबोटाइनमा रुसी सेनाले लगातार आक्रमण गरिरहेको छ र यो गाउँ दक्षिणी मोर्चामा मुख्य हटस्पटमध्येको एक बनेको छ ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, “जापोरिजिया क्षेत्र । रोबोटाइन । ६५औँ मेकेनाइज्ड ब्रिगेडको स्थान । मैले रक्षकहरूसँग कुराकानी गरेँ, उनीहरूलाई धन्यवाद दिएँ र राज्य पुरस्का प्रदान गरेँ, आज यहाँ हुनु सम्मानको कुरा हो ।”

फेसबुकमा पोस्ट गरिएको भिडियोमा राष्ट्रपति जेलेन्स्कीलाई भूमिगत जस्तो देखिने अँध्यारो कोठामा वर्दीमा सैनिकहरूसँग भेट गरेको देखिन्छ ।

“आज यहाँ आएर तपाईंहरूलाई पुरस्कृत गर्नु मेरा लागि सम्मानको कुरा हो किनकी तपाईंहरूको काँधमा दुश्मनलाई पछाडि धकेल्न र यो युद्ध जित्न यति कठिन र निर्णायक मिसन छ”, जेलेन्स्कीले सैनिकहरूलाई भने, “म तपाईंहरूको विजयको कामना गर्दछु, तपाईंहरूलाई पुरस्कृत गर्न चाहन्छु र यो विजयलाई चाँडै हासिल गर्नका लागि सबैथोक गर्नुहोस् भन्ने चाहन्छु ।”

६५औँ ब्रिगेडले गत वर्ष रोबोटाइन गाउँमा आक्रमणको नेतृत्व लिएको थियो । रोबोटाइनमाथि पुनः कब्जालाई किएभको सफलताको रूपमा स्वागत गरिएको थियो तर मस्कोसँग गुमेका क्षेत्रहरू फिर्ता लिनका लागि युक्रेनको प्रयास त्यसबेलादेखि सुस्त भएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ३१ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा