डडेल्धुरामा अटो दुर्घटना, दुई जना घाइते | Khabarhub Khabarhub

डडेल्धुरामा अटो दुर्घटना, दुई जना घाइते


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

जिल्ला सदरमुकामबाट पोखरा गइरहेको अटो दुर्घटना हुँदा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीया सिर्जना साँकी घाइते भएका छन्। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।

अटोमा चालकसहित ६ जना सवार थिए। अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक नायकले बताए। उनका अनुसार पानी परिरहेका बेला तीव्र गतिमा रहेको अटो अनियन्त्रित भई दुर्घटना भएको हो।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ४९ बजे

सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा– सिरहाको लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई

राफिन्हा र यमालको शानदार प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौं – बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल