राप्रपा नेपालको सक्रिय सदस्यता वितरण अभियान सुरु | Khabarhub Khabarhub

राप्रपा नेपालको सक्रिय सदस्यता वितरण अभियान सुरु


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। राप्रपा नेपालले पार्टीको सक्रिय सदस्यता वितरण अभियान सुरु गरेको छ। आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पहिलो सकृय सदस्यता लिएका छन्।

सकृय सदस्यता वितरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम ब्यवस्था र प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिए। आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको समेत उनले स्पष्ट पारे।

देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो।

संघीयता खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताउँदै थापाले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुने गरी पार्टी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

त्यसका लागि एक वर्ष भित्र कम्तिमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरणको काम सम्पन्न गरिसक्नु पर्ने अध्यक्ष थापाको भनाई थियो। थापाले पार्टीलाई बलियो बनाउन पनि सक्रिय सदस्यता वितरणको कामलाई पार्टीका नेता, कार्यकर्ताले प्रतिस्पर्धाको रुपमा अघि बढाउनुपर्ने बताए।

अध्यक्ष थापाले सम्बोधनका क्रममा भने ‘हाम्रो तात्कालिन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने र त्यसको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यका साथ हामी अगाडि बढिराखेका छौं।

साथै हामीले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई देशका अग्रणी शक्तिको रुपमा स्थापित गर्नुपर्छ। यो सबै काम सम्पन्न गर्नका लागि पार्टी संगठन बलियो हुनुपर्छ। र संगठनलाई बलियो बनाउन सक्रिय सदस्य बढी भन्दा बढी बनाउनु पर्छ।’

कार्यक्रममा पार्टीका केन्द्रिय पदाधिकारी, सदस्य र जनवर्गीय संगठनका पदाधिकारीहरूलाई सकृय सदस्यता बितरण गरिएको थियो। अब देशब्यापी रुपमा सकृय सदस्यता वितरण अभियान सुरु गरिने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ५५ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय