५५औं नगर स्थापना दिवस मनाउदै हेटौंडा उपमहानगर « Khabarhub

५५औं नगर स्थापना दिवस मनाउदै हेटौंडा उपमहानगर


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ३८औं कार्यपालिका बैठकले बैठकले ५५औं नगर स्थापना दिवस फागुन १ गते भव्यताका साथ मनाउने निर्णय गरेको छ। यसका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी थालिएको जनाइएको छ।

बैठकले बालमैत्री स्थानीय शासन घोषणाका लागि वडा नम्बर २, ८, १७ र १८ का लागि बालबालिकाको पाँच वर्षे आवधिक योजना (२०८०/८१ देखि २०८४/८५ सम्म) स्वीकृत गरेको छ। त्यस्तै, विभिन्न निकायहरूले जग्गा प्राप्तिका लागि गरेको सिफारिस स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा स्थलगत अध्ययन गरी निर्णय लिने निर्णय भएको छ।

उपमहानगरपालिकाको सामाजिक समावेशीकरण नीति तयार पार्न सैद्धान्तिक सहमति दिने निर्णय पनि यस बैठकले गरेको छ। यस्तै नवप्रवर्द्धन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने र सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय भएको छ।

वडा नम्बर ४ को बहुउद्देश्यीय व्यावसायिक भवन निर्माणको काम अगाडि बढाउने र वडा नम्बर ५ को सार्वजनिक बाटोमा अतिक्रमण गरी बनाइएको संरचना हटाउने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ०५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल