परिवर्तनलाई संस्थागत गर्न दलहरू लाग्नुपर्छ : पोखरेल « Khabarhub

परिवर्तनलाई संस्थागत गर्न दलहरू लाग्नुपर्छ : पोखरेल


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सहिदको अपेक्षाबमोजिम राजनीतिक आन्दोलन सफल बनाए पनि त्यसबाट नागरिकको जीवनमा परिवर्तन गर्ने सन्दर्भमा राजनीतिक दल चुकेका बताएका छन् ।

मदन भण्डारी बौद्धिक मञ्च नेपालले शहीद दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘सहादतको मर्म’ विषयक छलफल कार्यक्रममा उनले दलहरु राजनीतिक परिवर्तनका लागि अग्रपङ्क्तिमा रहे पनि त्यसलाई संस्थागत गर्न चुकेका बताए ।

कार्यक्रममा वक्ताहरुले शहीदको सपनालाई साकार पार्न जनताका अपेक्षाबमोजिम राजनीतिक नेतृत्वले काम गर्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले शहीदका नाममा दलीय र स्वार्थको राजनीति गर्नु वाञ्छनीय नहुने बताउँदै विद्यमान नेतृत्वले आफूले काम गर्न नसकेमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायका पूर्वडिन डा त्रिरत्न मानन्धरले पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउने र नयाँ पुस्ताले जिम्मेवारी लिन तत्पर हुनुपर्नेमा बताए।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ३६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२