ओखलढुङ्गा कांग्रेसमा महासमिति सर्वसम्मत सदस्य छनौट « Khabarhub

ओखलढुङ्गा कांग्रेसमा महासमिति सर्वसम्मत सदस्य छनौट


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा । जिल्लामा नेपाली कांग्रेसले महासमिति सदस्य सर्वसम्मत चयन गरेको छ ।

विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला अधिकारी, खस आर्यतर्फ हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर बिक चयन भएको कांग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गानाले बताए ।

सहमतिको अधिकतम प्रयास गरेर जिल्ला कार्यसमितिको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यको नामावली टुङ्ग्याएको उनले बताए।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ५९ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ