रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान « Khabarhub

रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । 

जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए। 

उनका अनुसार मुसीकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको  छ । बाँकी चार स्थानीय तह सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिका तथा आठबिसकोट नगरपालिकामा  यही फागुन  २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरद्धको खोप अभियान सञ्चालन हुने उनले बताए।

जिल्लाका चारवटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार २९० डोज खोप आइसकेको छ । खोप १२ वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने छ । यसका साथै पहिले कोरोनाविरुद्धको खोप लगाउन छुटेका व्यक्तिले पनि खोप लगाउन पाउने छन् । 

कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यसबारेमा गत बिहीबार नै निर्णय गरिसकेको छ । आजदेखि सञ्चालन हुने कोरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखा, स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गरेर खोप लगाउने गरी तयारी भएको जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ३४ बजे

नेपाल पत्रकार महासङ्घद्वारा रास्वपा पार्टी कार्यालय अगाडि धर्ना (तस्बिरहरू)

काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिल अध्यादेश फिर्ता

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, मूल्य कति होला ? 

काठमाडौं–  एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले बबरमहलस्थित नेपाल आर्ट

ऊर्जा मन्त्रीले भने- यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य राखेका छौँ

बागलुङ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै

नबिल बैंक दक्षिण साफा मेरिट अवार्डबाट सम्मानित

काठमाडौं– वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई आफ्नो कार्यसंस्कृतिको अभिन्न

लागूऔषधसहित चारजना पक्राउ

झापा–   लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित