सलमानका कारण ‘न्यूयोर्क’मा साइन गरेकी थिइन् कट्रिनाले… « Khabarhub

सलमानका कारण ‘न्यूयोर्क’मा साइन गरेकी थिइन् कट्रिनाले…


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री कट्रिना कैफले ‘बुम’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । तर यो फिल्म उनका लागि सुखद हुन सकेन । 

सन् २००५ मा प्रदर्शनमा आएको फिल्म ‘मैने प्यार क्यूं किया’मा अभिनय गरेपछि भने उनले सफलता पाउँदै गइन् । नायक सलमानसँग यो फिल्ममा काम गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेन । 

तर कट्रिनाका लागि आजको अवस्थामा  ‘न्यूयोर्क’ विशेष फिल्म हो । सो फिल्म व्यसायिकरुपले पनि सफल मानिएको फिल्म हो । सबैभन्दा मिल्ने साथीहरू सोही फिल्ममा काम गर्दा भेटाएको उनी सो फिल्मलाई धेरै महत्त्वका साथ लिन्छिन् । भर्खरै उनले सो फिल्ममा आफ्नो इच्छा विपरीत अनुबन्ध भएको खुलासा गरेकी छन् ।

भर्खरै  ‘मिड डे’लाई दिएको अन्तर्वार्तामा कट्रिनाले फिल्म फ्लप हुने शंका लागेकाले अनुबन्ध हुने इच्छा नहुँदा-नहुँदै काम गरेको अनुभव सेयर गरेकी छन् । पहिलो हिट फिल्मको हिरो सलमानको आग्रहका कारण  ‘न्यूयोर्क’मा अनुबन्ध भएको उनले खुलासा गरिन् । 

अनुबन्ध भएर छायांकनका लागि सेटमा पुग्दा सानो युनिट देखेर झनै मन खिन्न भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सेटमा लाइट छैन रु यति सानो टोली रु कहाँ छ क्यामेरा रु जस्ता प्रश्न निर्माण पक्षलाई सोध्थेँ ।’

तर अन्त्यमा अहिलेसम्म छायांकनमा सबैभन्दा राम्रो सम्झना भएको फिल्म सोही बनेको उनी सुनाउँछिन् । उनी थप्छिन्, ‘त्यो फिल्म मेरो जीवनको सबैभन्दा अविश्वसनीय अनुभव थियो । छुट्ने बेला हामी सबै रोइरहेका थियौं । हामी  छुट्टिन चाहँदैन थियौं । मेरो सबैभन्दा नजिकका साथीहरू त्यही फिल्मबाट पाएको हुँ ।’

‘न्यूयोर्क’ मा कट्रिनासहित जोन अब्राहम, नील नितिन मुकेश, इरफान खान र नवाजुद्दीन सिद्दी मुख्य भूमिका देखिएका थिए । 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : २४ बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको