म्यानचेस्टर डर्बीमा सिटी ३-१ ले विजयी « Khabarhub

म्यानचेस्टर डर्बीमा सिटी ३-१ ले विजयी


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं– इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बी सिटीले जितेको छ । गएराती इथियाड स्टेडियममा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा म्यानचेस्टर युनाइटेडले खेलको आठौँ मिनेटमा मार्कस राशफोर्डको गोलमा शुरुवाती अग्रता लिएपनि म्यानचेस्टर सिटीले खेलको दोस्रो हाफमा कमब्याक गर्दै खेल जितेको थियो ।

म्यानचेस्टर सिटीका लागि फिल फोडेनले खेलको ५६ र ८०औं मिनेटमा गोल गरेका थिए भने इर्लिंग हालाण्डले ९१औ मिनेटमा एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको लिभरपुल एक अंकले अगाडि रहेको छ ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा ११औं हार हो । २७ खेलमा ४४ अंक रहेको युनाइटेड लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : ४२ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड