अम्रिसोको मूल्य घटेपछि किसान चिन्तित  « Khabarhub

अम्रिसोको मूल्य घटेपछि किसान चिन्तित 


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

फिक्कल– अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए ।  अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् । 

भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ । गत वर्ष प्रतिकेजी रु एक सय २० देखि एक सय ३० सम्ममा बिक्री भएको अम्रिसोको फूल (कुचो) अहिले प्रतिकेजी रु ६५ मा मात्र बिक्री भएको जनाइएको छ । 

माई नगरपालिका–९ का पूर्णकुमारी साउदेनले कुचो किन्नका लागि व्यापारी घरैसम्म आएका र  सस्तो मूल्यमा कुचो बेच्न  बाध्य भएको बताए। ‘गत वर्ष यामको सुरुमा नै प्रतिकेजी एक सय १० का दरले कुचो बेचेको थिएँ, पछि रु एक सय ३० सम्म पुगेको थियो, यस वर्ष प्रतिकेजी रु ६५ का दरले बेच्न बाध्य भइयो’, उनले भने, ‘यस्तै तरिका हो भने घरव्यवहार चलाउन नै मुस्किल गर्ने रहेछ ।’

मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अम्रिसोको खेतीमा लागेका किसान मारमा परेको किसान अभिषेक येक्तेनले बताए। 

विगतमा राम्रो मूल्य पाएपछि किसानले हौसिएर अम्रिसो खेती गरेको भए पनि अहिले निराशा छाएको उनले गुनासो गरे। ‘अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था समेत छैन’, उनले भने, ‘मैले यस वर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसा समेत नपुग्ने अवस्था छ ।’

भिरालो पाखोबारीमा समेत भूक्षय रोक्ने उद्देश्यले बारीका कान्लाको अम्रिसो खेती गरिन्छ । अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमा नै आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गर्ने गरेका छन् । बिरुवाका लागि भइरहेको बोटबाटै अर्को बिरुवा निकाल्न सकिने, गोडमेलका लागि झन्झट नहुने भएका कारण कम लगानीमा राम्रो आम्दानी गर्न सफल भएपछि किसान अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् ।

किसानले यसको पात र कमलो डाँठ बोट डालेघाँसका लागि प्रयोग हुने र फूल (कुचो) छुट्टाछुट्टै मूल्यमा बिक्री गर्ने गरेका छन् । दोमट माटो भिरालो जग्गामा अम्रिसो खेती फस्टाउने गरेकै कारण किसानले प्रसस्त मात्रामा कुचो उत्पादन गर्ने गरेका छन् । अहिले एक जना किसानले चार हजार केजीसम्म कुचो बिक्री गर्ने गरेका छन् । 

यस वर्षको सुरुमा प्रतिकेजी रु ७५ देखि ८० सम्ममा कुचो किनबेच भए पनि अहिले मूल्यमा झनै गिरावट आएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए। पछिल्लो समय अम्रिसो किसानमा निराशा छाएको उनले बताए। 

इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्यरूपमा अम्रिसो खेती हुने गर्दछ । अम्रिसोको कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काँकटभिट्टा हुँदै भारत निकासी हुने गरेको छ । जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन अम्रिसो उत्पादन हुने तथ्यांक छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीको अनुमान छ । घर, कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ३८ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली