राष्ट्रियस्तरको अबाकस प्रतियोगिता सम्पन्न « Khabarhub

राष्ट्रियस्तरको अबाकस प्रतियोगिता सम्पन्न


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियस्तरको अबाकस प्रतियोगिता सम्पन्न भएको छ । बाल विकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराईएको थियो ।

पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा बढि विद्यालयका प्रतियोगी विद्यार्थी, शिक्षक र अभिभावकहरू सहभागी थिए ।

कार्यक्रममा  पूर्वमन्त्री बडूले अबाकसलाई अनिवार्य विषयको रुपमा नै समावेश गराउनुपर्ने आवश्यकता औँल्याए । यसअघि आफूले अबाकसबारे केही बुझ्ने मौका पाएको स्मरण गर्दै उनले अबाकसलाई सरकारले नै पाठ्यपुस्तकमा अनिवार्य विषय बनाउनुपर्ने बताए । 

कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्यालले अबाकसको औचित्य झनै बढेर गइरहेको बताइन् भने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेकी थिइन् ।

प्रतियोगिता अन्तर्गत जुनियर लेबलतर्फ एन्जल्स प्याराडाइजको रोसिका नेपाल च्याम्पियन, नवनित टोडलर्स जोनका अबिका जोशी फष्ट रनरअप, काठमाडौं प्रज्ञा कुञ्जका रियान्स आचार्य सेकेन्ट रनरअप र ब्राइट फ्युचरका दिव्यान्त गिरि थर्ड रनरअप भए ।

त्यस्तै मिडिल लेबल (कक्षा ३, ४) तर्फ पाथिभरा एकेडेमीका सुदिनमणी पौडेल च्याम्पियन, विभुती विद्या मन्दिरका संकल्प अमगाई फष्ट रनरअप, एम्स एकेडेमीका सिद्धार्थ दाश सेकेन्ड रनरअप र कान्जिरोवा स्कुलका सार्थकनाथ गोपाली थर्ड रनरअप भए ।

त्यस्तै सिनियर लेबल (कक्षाभन्दामाथि) ब्राईट फ्युचरका निकिता झा च्याम्पियन, मेघा पब्लिक स्कुलका कृषला प्याकुरेल फष्ट रनरअप, कान्जिरोवा स्कुलका अबि भुजु सेकेन्ड रनरअप र ओडिसी इन्टरनेशनल एकेडेमीका प्रज्वल कट्टेल थर्ड रनरअप भए ।

यसअघि हरेक विद्यालयमा विद्यालय स्तरीय अबाकस प्रतियोगिता गरेर राष्ट्रियस्तरको प्रतियोगताका लागि प्रतियोगी छानिएका थिए । राष्ट्रियस्तरको प्रतियोगितामा च्याम्पियन बनेकाहरूले अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धामा सहभागी बन्न पाउने अवसर पाउने बाल विकास एनसीमास संस्थाका तेजु नेपालले बताए । कार्यक्रममा उनले अबाकसको आवश्यकताबारे प्रष्ट पार्दै अझै यसलाई देशव्यापी बनाउने अभियानमा आफूहरू लागिपरेको बताए ।

कार्यक्रमलगत्तै च्याम्पियन बनेकाहरूले अबाकस आफ्नो विद्यालयमा लागू गराएकोमा विद्यालयसहित बाल विकास एनसीमासलाई धन्यवाद दिएका थिए भने शिक्षकहरूले पनि आफ्नो बालबालिकामा अबाकसले ल्याएको परिवर्तन देखेर निक्कै खुशी व्यक्त गरेका थिए ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मस्तिष्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अबाकसलाई विद्यालयले वैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ । बाल बिकास एनसीमास संस्थामार्फत ३५० वटाभन्दा धेरै विद्यालयले अबाकस लागू गराएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ४३ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न