रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने  « Khabarhub

रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने 


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । 

आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सभापतिकै नेतृत्वमा सरकारमा जाने अनौपचारिक निर्णय गरेको हो । 

रास्वपा सचिवालयका एक नेताका अनुसार अर्थ मन्त्रालय पाए उपसभापति स्वर्णिम वाग्लेलाई नै सरकारमा पठाउने कि भन्ने छलफल भएको थियो । 

तर उपप्रधानसहित गृर्ह मन्त्रालय पाउने अनौपचारिक छलफल मध्यरातमा नेकपा एमाले, माओवादी, रास्वपा र जसपाको छलफलमा भएपछि सभापति नै नेतृत्वमा जाने कुरा भएको बैठकमा उपस्थित एक नेताले खबरहबलाई बताए ।  

ती नेताले भने, ‘कुनै राजनीतिक परिवर्तन नभए सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने पार्टीको सहमति छ ।’ 

आज बिहान बसेको पार्टीको बैठकले यसको निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिएको छ ।

अहिले सभापति लामिछाने बालुवाटार पुगेका छन् । रास्वपाबाट आज पार्टी सभापति मात्रले मन्त्रीको शपथ लिने छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ५३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन