फाइल फोटो

समाचार

माओवादीले उपमहासचिव पुनलाई सरकारमा पठाउने 

By खबरहब

March 04, 2024

काठमाडौं–  माओवादीले उपमहासचिव वर्षमान पुनलाई सरकारमा पठाउने भएको छ ।  

आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले खबरहबलाई बताए । 

उनले भने, ‘मन्त्रालय फाइनल भएको छैन । तर पुन आज सरकारमा मन्त्रीको शपथ लिनुहुन्छ ।’ 

तर उनलाई अर्थ मन्त्रालयमा पठाउने पार्टीका अर्का पदाधिकारीले बताए ।

ती नेताले भने ‘कुरा तोडमोड भएन भने पुन जी अर्थमन्त्री पक्का हो ।’