नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा « Khabarhub

नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेसबाहेक नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताको बैठक बालुवाटारमा बसेको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकले नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेको बताइएको छ । यो बैठकले नयाँ गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरेको छ ।

बैठकमा एमालेबाट अध्यक्ष केपी ओली महासचिव शंकर पोखरेल तथा नेता विष्णु पौडेल सहभागी छन् ।

माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ र वर्षमान पुन तथा रास्वपाबाट सभापति रवि लामिछाने सहभागी भएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : १४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच