नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा « Khabarhub

नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेसबाहेक नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताको बैठक बालुवाटारमा बसेको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकले नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेको बताइएको छ । यो बैठकले नयाँ गठबन्धनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरेको छ ।

बैठकमा एमालेबाट अध्यक्ष केपी ओली महासचिव शंकर पोखरेल तथा नेता विष्णु पौडेल सहभागी छन् ।

माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ र वर्षमान पुन तथा रास्वपाबाट सभापति रवि लामिछाने सहभागी भएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : १४ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६