पोखरामा टेवानको सहकार्यमा ‘महाकमेडी विथ महाजात्रा’ « Khabarhub

पोखरामा टेवानको सहकार्यमा ‘महाकमेडी विथ महाजात्रा’


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा कार्यक्रम हुँदैछ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाकमेडी विथ महाजात्रा कार्यक्रम घोषणा गरिएको हो । 

कार्यक्रम निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ पोखराको सभागृह हलमा आयोजना गरिएको बताए। 

पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारसँग साक्षात्कार गर्न पाउने भन्दै उनले  दर्शकहरूलाई विभिन्न सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । 


पोखरामा आज हुने कार्यक्रममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने छ । 

पत्रकार सम्मेलनमा बोल्दै नायिका दीपाश्री निरौलाले पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा महाकमेडी विथ महाजात्रा कार्यक्रम भव्य हुने बताइन् । पोखराको कार्यक्रमका लागि पर्यटन व्यवसायी महिला संघ (टेवान)ले सहकार्य गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै टेवानकी अध्यक्ष कमला गिरीले महाकमेडी विथ महाजात्रा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताइन् । 

उनले यो कार्यक्रमले पोखरा र पोखराको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने दाबी गरिन् । 

खल्तीबाट टिकट काट्न सकिने कार्यक्रमका लागि पाँच  सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : ४४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई