नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित « Khabarhub

नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक  चार प्रतिशतले वृद्धि भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार चार प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

त्यसपछि पुनःकारोबार सुरु भएपछि नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार स्थगित भएको नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए।

आजको कारोबारमा नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार ७८ मा पुगेको छ । विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज विभिन्न दुई सय ३७ कम्पनीका  नौ लाख ३४ हजार नौ सय १९ कित्ता शेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् । कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको