‘केटी हराएको सूचना’मा नाजिर र सृष्टीको जोडी « Khabarhub

‘केटी हराएको सूचना’मा नाजिर र सृष्टीको जोडी


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार लिएर स्कृप्ट पूजा गर्दे नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् ।

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस अघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी रहेको छ । अम्बर महर्जन छायांकार रहेको फिल्मको बिहीबार देखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ ।

अभिनेता नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ । यो फिल्मबाट उनको तारिफ भइरहेको छ ।

दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । जसबाट नाजिर निकै उत्साहित देखिन्छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ०४ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६