काठमाडौं- नयाँ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको हो ।
बैठकमा गठबन्धनमा आबद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी जसपा नेपाललगायत दलका शीर्षस्थ नेताहरुको उपस्थिती छ । बैठकले मन्त्रीहरुको सङ्ख्या, जिम्मेवारी, गठबन्धनको मोडालिटी पनि टुङ्ग्याउने गठबन्धनका एक नेताले जानकारी दिए ।
यसअघि गठबन्धनले ४ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव छन् ।
आज सानो आकारको मन्त्रिपरिषद गठन गरी मन्त्रीहरुको सपथ पनि आजै गर्ने गठबन्धनको तयारी छ । नयाँ मन्त्रीहरुको सपथका लागि राष्ट्रपति कार्यालय शितल निवासमा तयारी गरिएको छ ।
प्रतिक्रिया