जसपा र जनमत दुबैको सर्त : मधेसको नेतृत्व चाहियो « Khabarhub

जसपा र जनमत दुबैको सर्त : मधेसको नेतृत्व चाहियो


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टीले पनि मधेस प्रदेशमा आफू नेतृत्वको सरकार भएमात्रै संघीय सरकारमा सहभागी हुने अडान लिएको छ ।

जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने सर्त राखेको हो । यसअघि जनता समाजवादी पार्टी जसपा नेपालले पनि यस्तै सर्त अघि सारेको थियो ।

हाल मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । पछिल्लो समय मधेस प्रदेशमा जनमत र जसपाबीच बारम्बार टकराव देखिँदै आएको छ । कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन बनाएपछि जनमतको सो सर्त आएको हो ।

साथै जनमतले संघीय सरकारमा पनि राम्रो मन्त्रालय पाउनुपर्ने ठहर गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ३७ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं