सरकारमा अरु दललाई पनि सामेल गराउन सत्ता गठबन्धन सहमत « Khabarhub

सरकारमा अरु दललाई पनि सामेल गराउन सत्ता गठबन्धन सहमत


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारमा अरु दललाई पनि सम्मिलित गराउन नयाँ सत्ता गठबन्धन सहमत भएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी जसपा नेपालले गठबन्धनप्रति सकारात्मक अन्य दललाई पनि नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन् ।

नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाइ पनि गठबन्धनमा समेट्ने निर्णय गरेपछि बसेको प्रमुख चार दलको बैठकले यस्तो सहमति गरेको हो । नयाँ गठबन्धनले नयाँ दललाई पनि सरकारमा समेट्ने सहमति गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको सङ्कल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसङ्ग संवाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने सहमतिमा पुगेका छन्,’ प्रधानमन्त्रीका स्वकिय सचिव मल्ले भने ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : २७ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट