पछिल्ला घटनाक्रमबारे एकीकृत समाजवादी ‘पर्ख र हेर’ को मुडमा « Khabarhub

पछिल्ला घटनाक्रमबारे एकीकृत समाजवादी ‘पर्ख र हेर’ को मुडमा


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले चालेका कदमबारे गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको समाजवादीको आकस्मिक सचिवालय बैठकले प्रधानमन्त्रीको कदम अप्रत्याशित भएको निष्कर्ष निकाल्दै गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिडाले जानकारी दिए ।

नयाँ समीकरणको उदेश्य,प्रक्रिया र संरचना अझै स्पष्ट नभएको भन्दै प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाबारेमा सबै विषय अगाडी आएपछि गुण दोषका आधारमा आफ्ना नीतिहरु स्पष्ट पार्ने प्रवक्ता खतिवडाले बताए । उनले प्रधानमन्त्रीको कदमले मुलुकमा अन्यौल देखिएको बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नयाँ घटनाक्रमपछि पार्टी ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताएका छन्  । उनले आफ्ना पार्टी स्वतन्त्र र क्रान्तिकारी भएकाले मुलुकमा समाजवादी क्रान्ति लागू गर्न लागिपरेको र यसका लागि वामपन्थी एकतामा जोड दिने बताए । अहिले अरु पार्टीको बारेमा टिकाटिप्पणी नगर्ने उनको भनाइ छ ।

त्यस्तै उनले अहिलेको अवस्थामा पुरानो गठबन्धन टुटिसकेकाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु बिदा भएर आउने जिकिर गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया