एपीएफ क्लब झापा गोल्डकपको सेमिफाइनलमा « Khabarhub

एपीएफ क्लब झापा गोल्डकपको सेमिफाइनलमा


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

झापा- एपीएफ क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३ – ४ गोलअन्तरले हराउँदै एपीएफ विजयी भएको हो । खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले बागमती युवा क्लबका निर्मल घिसिङ र अबि लामाको पेनाल्टी बचाए ।

दुबै टोलीले गोलका लागि अवसर सिर्जना गरेपनि निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

फागुन २८ गते सम्म सञ्चालन हुने झापा गोल्डकपमा ए डिभिजन क्लब सहित १० वटा टिमले सहभागिता जनाएका छन् ।

छैटौं संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख सहित आकर्षक ट्रफी पाउनेछन् भने उपविजेताले नगद ७ लाख रुपैँया प्राप्त गर्ने छन् । मंगलबार क्वाटरफाईनल खेल चर्चब्वाइज युनाइटेड क्लब र एनआरटीबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : ४० बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने