भूकम्प प्रभावित क्षेत्रका महिला र बालबालिका समस्यामा « Khabarhub

भूकम्प प्रभावित क्षेत्रका महिला र बालबालिका समस्यामा


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुम पश्चिम र सल्यानमा महिला तथा बालबालिकामा कुपोषणको समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन महिना सञ्चालन गरिएको स्वास्थ्य शिविरका क्रममा महिला र बालबालिकामा उक्त समस्या देखिएको हो ।

मङ्सिरदेखि माघसम्म सञ्चालन भएको विपतको समयमा प्रजनन् स्वास्थ्य सेवामा न्यूनतम आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ स्वास्थ्य शिविर सञ्चालन गरिएका थिए ।

शिविरमा सेवा लिन आएका महिला र बालबालिकाले पर्याप्त मात्रामा पोषिलो खानेकुरा खान नपाउँदा कुपोषणको जोखिम रहेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । तीन महिनाको अवधिमा शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सेवा लिनेमा पुरुष नौ सय ४४ र महिला ६ हजार तीन सय ५५ छन् ।

शिविरमा चार हजार एक सय नौ महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो । जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुसे गाउँपालिका तथा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा शिविर सञ्चालन गरिएको थियो ।

प्रभावित जिल्लामा बाह्रैमास खान नपुग्ने, भूकम्पपछि खान र बस्न समस्या, सन्तुलित खानाको अभावलगायत कारणले महिला र बालबालिकामा कुपोषणको समस्या देखिएको हो । जाजरकोटको कुशे र बारेकोटका महिला तथा बालबालिकामा कुपोषणको समस्या बढी देखिएको छ । ती ठाउँमा परिवार नियोजनको साधन प्रयोग गर्ने ज्ञानको कमी रहेको पाइएको छ ।

नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले पालिकामा अझैँ स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने बताउनुभयो । उत्पादन हुने क्षेत्रमा घर, टहरा निर्माण गरिँदा खाद्यान्नको समस्या छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयसमेत चामलको अभाव रहेको उनले बताए ।

बारेकोटमा पनि नलगाडकै जस्तै समस्या रहेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । आठबीसकोटका नगरप्रमुख रवी केसीले विपतमा सबैले एकजुट भएर काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : १४ बजे

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला