ब्रेन ट्युमर भएको कसरी थाहा पाउने ? | Khabarhub Khabarhub

ब्रेन ट्युमर भएको कसरी थाहा पाउने ?

लक्षण देखिने बित्तिकै अस्पताल जान सुझाव


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्रेन भनेको मानव मस्तिष्क हो। मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ। ब्रेन ट्युमर एक गम्भीर समस्या हो। समयमै रोग पत्ता लागेर उपचार भए पूर्णरुपमा निको पार्न सकिने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार नेपालमा यसबारे कुनै अध्ययन नभए पनि उपचारका लागि आउने बिरामीको आधारमा भन्नुपर्दा ५ प्रतिशतमा ब्रेन ट्युमरको समस्या रहेको छ। ब्रेन ट्युमर कस्तो रोग हो ? यो के कारणले हुन्छ ? यसका लक्षण कस्ता देखिन्छन् ? यसको पहिचान तथा उपचार विधि के छ ? भन्ने विषयमा न्युरो सर्जन डा.चन्द्रमान प्रजापतिसँग गरिएको कुराकानी :

ब्रेन ट्युमर कस्तो रोग हो ?
हाम्रो मस्तिष्कभित्र अनावश्यक मासुको डल्लो पलाउनुलाई ब्रेन ट्युमर भनिन्छ। शरीरको अन्य भागमा पलाएको भन्दा मस्तिष्कमा पलाएको ट्युमर अति संवेदनशील मानिन्छ।

यो के कारणले हुन्छ ?
मस्तिष्कमा भएका कोषको आफ्नै नियम हुन्छ। यी कोषबाट सेल एउटा बन्छ, अर्को बन्छ। सेल बन्न बन्द भयो भने यो समस्या सुरु हुन्छ। कतिपय जिनमा जन्मजात नै कुनै किसिमको खराबी देखिएमा टाउकोमा अस्वभाविक रुपमा कोष वृद्धि हुँदै ट्युमरमा परिणत हुन्छ। पारिवारिक पृष्ठभूमिमा पहिला बाबुआमा वा तीन पुस्तामा ट्युमर भएमा पनि यो समस्या सन्तानमा देखिनसक्छ। पछिल्लो अध्ययनले भने केही मात्रामा रेडियसन एक्सपोजरमा काम गर्ने व्यक्तिमा पनि ब्रेन ट्युमर हुने सम्भावना देखाएको छ। त्यति मात्र नभई बाल्यकालमा कुनै किसिमको ट्युमरको उपचारको क्रममा सेकाउने गरेको भए त्यसबाट निस्किने विकिरणले पछि गएर ट्युमर देखिन सक्छ।

मस्तिष्कमा भएका कोषको आफ्नै नियम हुन्छ। यी कोषबाट सेल एउटा बन्छ, अर्को बन्छ। सेल बन्न बन्द भयो भने यो समस्या सुरु हुन्छ। कतिपय जिनमा जन्मजात नै कुनै किसिमको खराबी देखिएमा टाउकोमा अस्वभाविक रुपमा कोष वृद्धि हुँदै ट्युमरमा परिणत हुन्छ।

त्यसबाहेक कुनै दुर्घटनामा परी टाउकोमा चोटपटक लागेर निको भएपछि पनि केही वर्षमा ट्युमर पलाउने सम्भावना हुन्छ। ब्रेन ट्युमर जुनसुकै उमेरमा पनि देखिनसक्छ। गर्भमा रहेको शिशुदेखि वृद्ध उमेरको व्यक्तिसम्मलाई यो देखिनसक्छ।

ब्रेन ट्युमर भयो भनेर कसरी थाहा पाउने, यसका लक्षण कस्ता हुन्छन् ?
दिमागको स-साना भागमा आउने ट्युमरले हामीले दैनिक गर्ने कार्यमा अवरोध गराउन सक्छ। सोही अनुसारको लक्षण शरीरले देखाउँछ। ट्युमर भएमा सामान्य र जटिल खालका लक्षण देखिन्छन्। लगातार टाउको दुख्नु, खानामा रुचि नहुनु, बान्ता हुने, रिंगटा लाग्ने, हिँड्दा सन्तुलन बिग्रिनु, सुन्नमा कठिनाइ, कोषिका प्रभावित भएर कमजोरी महसुस हुनु सामान्य र सुरुवाती लक्षण हुन्। ट्युमर मस्तिष्कको जुनसुकै भागमा हुनसक्छ। ट्युमर भएको भागको कार्यमा नै अवरोध हुनसक्छ। जस्तै, दिमागको अगाडिको भाग (फ्रन्टल लोप)मा ट्युमर भएमा आफूले के बोलिरहेको छु भन्नेसमेत थाहा नपाउने समस्या हुन्छ। उसको दिमागले बौद्धिक रुपमा काम गर्न सक्दैन। आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन र उसमा चिडचिडापन तथा उदासीपन आउने गर्छ।

दिमागको स-साना भागमा आउने ट्युमरले हामीले दैनिक गर्ने कार्यमा अवरोध गराउन सक्छ। सोही अनुसारको लक्षण शरीरले देखाउँछ। ट्युमर भएमा सामान्य र जटिल खालका लक्षण देखिन्छन्।

कतिपय अवस्थामा व्यक्तिलाई बोल्नमा समस्या हुन्छ। यही कारण व्यक्तिको आवाज हराउनुका साथै उनीहरुको मुख समेत बांगिने गर्छ। पाराइटल लोबमा ट्युमर छ भने शरीर पारालाइसिसमै जान्छ। यस्तोमा शरीरका आधा भागको अंग निस्कृय हुन थालेको महसुस हुन्छ। त्यस्तै, अक्सिपटल लोप भएमा आँखामा समस्या देखिन्छ। दिमागको तल्लो भागमा ट्युमर भएमा व्यक्ति हिँड्न सक्दैन। व्यक्तिको चाल सन्तुलनमा हुँदैन।

उपचार विधि के छ ?
ट्युमरको लक्षणअनुसारको परीक्षण गरिन्छ। ट्युमर छ कि छैन यसको पुष्टि एमआरआई, सिटी स्क्यान र एक्सरेबाट पत्ता लगाइन्छ। यसको उपचार कुन ठाउँमा कस्तो आकारको छ त्यसअनुसारको हुन्छ। यसरी वर्गीकरण गर्दा १ सय २० प्रकारका ट्युमर हुन्छन्। त्यसमा पनि मुख्य जटिल अवस्थाका भनेका २ वटा हुन्। एउटा गाँठागुठी देखिने जसलाई ब्रेन ट्युमर भनिन्छ भने अर्को क्यान्सर हो। कुनै ट्युमर काटेर फाल्न सक्ने ठाउँमा हुन्छन् त्यस्ता ट्युमरलाई काटेर फल्यो भने निको हुन्छ।

कुनै ट्युमर काट्न नसकिने ठाउँमा हुन्छन् जुन काट्दा बिरामीको होसमै नआएर मृत्यु पनि हुनसक्छ। त्यसैले ट्युमरको अवस्था र आकार हेरेर सुरुको अवस्थामा भए शल्यक्रियामार्फत निकाल्न सकिन्छ। केही ट्युमर भने शल्यक्रिया नगरी पनि उपचार सम्भव हुन्छ। त्यसबाहेक किमोथेरापी, रेडिएसन थेरापीबाट उपचार गर्न सकिन्छ। यी बाहेक प्रविधिको विकासँगै नयाँनयाँ उपचार विधि पनि सुरु भएका छन्। पछिल्लो समय यस विरुद्धको भ्याक्सिन पनि लगाउन थालिएको छ।

कुनै ट्युमर काट्न नसकिने ठाउँमा हुन्छन् । जुन काट्दा बिरामी होसमै नआएर मृत्यु पनि हुनसक्छ। त्यसैले ट्युमरको अवस्था र आकार हेरेर सुरुको अवस्थामा भए शल्यक्रियामार्फत निकाल्न सकिन्छ। केही ट्युमर भने शल्यक्रिया नगरी पनि उपचार सम्भव हुन्छ।

ब्रेन ट्युमरको धेरै केशमा अप्रेशनपछि होसमै नआएर बिरामीको मृत्यु हुने गरेको पाइन्छ किन त्यस्तो अवस्थामा अप्रेशन गर्न सल्लाह दिइन्छ ?
ब्रेन ट्युमर १ सय २० प्रकारका छन्। त्यसमध्ये केही ट्युमर जटिल खालका छन्। त्यस्तो अवस्थामा हामीले यसको उपचार विधि र आउनसक्ने जटिलताका विषयमा बिरामीका आफन्तलाई जानकारी गराउँछौं। त्यसपछि उनीहरुको चाहना अनुसार नै उपचार सुरु हुन्छ कतिपय सफल पनि हुन्छन् भने कतिपय केशमा प्रयास गर्दागर्दै पनि सफल नहुने अवस्था हुन्छ।

नेपालमा ब्रेन ट्युमरका बिरामीको अवस्था कस्तो छ ?
नेपालमा ब्रेन ट्युमरको कुनै तथ्यांक छैन। न्युरोसम्बन्धी समस्या लिएर उपचारका लागि आउने १० हजार बिरामीमा ५ प्रतिशतमा ब्रेन ट्युमरको समस्या देखिने गरेको छ ।

ब्रेन सम्बन्धी समस्या भएका बिरामीलाई के सुझाव दिनुहुन्छ ?
ब्रेन ट्युमरका सामान्य लक्षण जस्तै टाउको दुख्ने, उल्टी हुने, बेहोस हुने, ब्रेनले गर्ने कामहरु हराउँदै जाने जस्ता समस्या देखिए भने बेवास्ता गर्नु हुँदैन। समयमै उपचारको लागि जानुपर्छ। सुरुवाती अवस्थामै रोग पत्ता लाग्यो भने उपचार गर्न पनि सहज हुन्छ। ब्रेन ट्युमर भन्नेबित्तिकै डराइहाल्नुपर्ने अवस्था छैन। यसको उपचार नेपालमा पनि सम्भव छ। त्यसैले समयमै सचेत भएर उपचार गराउनु राम्रो मानिन्छ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ७ : ०५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि