इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु | Khabarhub Khabarhub

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् ।

उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताइन् । उनले भनिन्, ‘कूल २५ लाख लागत रहेको उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।’

नगरप्रमुख केदार थापाले हिजो उद्योगको उद्घाटन गरेका थिए ।  महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गरे ।

उक्त उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदमले जानकारी दिइन् । उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उनको भनाइ छ ।

उनका अनुसार उद्योगमा अहिले दुई जना महिला कार्यरत छन् । उद्घाटन कार्यक्रममा उपप्रमुख विष्णु दाहाल, वडाध्यक्षहरु नुतनदेव दुलाल, नरेश श्रेष्ठ, गायत्रीराम बस्नेत, पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराई, औषधि व्यवसायी सङ्घका अध्यक्ष वासु घिमिरे, महिला सशक्तीकरणकी अध्यक्ष ज्योतिमाला प्रधानको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ७ : २२ बजे

विद्या भण्डारीले गरिन् एमाले अध्यक्षमा दाबी, सर्वसम्मत हुनुपर्ने माग

काठमाडौं– नेकपा एमालेको सदस्यता नवीकरण गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी 

टीकापुर– कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको

कृषि उत्पादन बढाउन उपकरणमा अनुदान

इलाम– पचहत्तर प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले एमालेमा हलचल, योगेश भन्छन्- भनाभन र एकअर्कालाई लल्कार्न बन्द गरौँ 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा

शास्त्रले महिमा गाएको तर मान्छेले नचिनेको ‘कोका खोला’

वराह पुराणको १३७ औं अध्यायमा वराहक्षेत्रको महिमाको प्रसङ्गमा वराह भगवानलाई