तुलसी घिमिरेलगायत पाँचजनालाई बिसे नगर्ची राष्ट्रिय सम्मान | Khabarhub Khabarhub

तुलसी घिमिरेलगायत पाँचजनालाई बिसे नगर्ची राष्ट्रिय सम्मान


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

झापा– ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट  पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार ठानिएका बिसे नगर्चीको योगदानलाई स्मरण उक्त सम्मान गरिएको हो ।

बिर्तामोडमा हिजो गोर्खा फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, नायक राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, सहकारी अभियन्ता महेन्द्र गिरी र भुवनसिंह विश्वकर्मालाई जनही ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

देशको सबैभन्दा ठूलो सहकारीको नेतृत्व गरेका गिरीले कोभिड महामारीका बेला स्थानीयस्तरमा गरेको योगदान, अभिनेता हमालले एक सय ७० भन्दा बढी चलचित्रमा अभिनय गरेर कला, संस्कृति प्रवर्द्धनका निम्ति भूमिका निर्वाह गरेको, भारतमा जन्मेर स्तरीय नेपाली सिनेमा निर्देशन गरी दर्शकको मन जित्न सफल घिमिरेको कामको कदर गर्दै सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले बताए ।

अन्टार्टिकामा पहिलो पाइला राख्ने नेपालका ७१ वर्षीय विश्वकर्मा र दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी बन्नुभएकी परियारलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय परिचय बनाएका व्यक्तिको आदर गर्नु सबैको कर्तव्य रहेको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १० : १७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले