जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस « Khabarhub

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले बाँकेकी हसिना खानलाई पार्टीका तर्फबाट प्रतिनिधिसभामा रिक्त समानुपातिक सांसद बनाउने भएको छ ।

आज काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनाउने निर्णयसहित सिफारिस गरेको हो ।

जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो ।

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जु लाई पठाएको थियो । तर मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १० : २८ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ