विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण « Khabarhub

विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाका विपन्न परिवारलाई सोलार प्यानल वितरण गरेको छ । गाउँपालिको ६ नम्बर वडाका विपन्न परिवारलाई सोलार वितरण गरिएको हो ।

गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती साम्ताङ्क गाउँका २२ परिवारलाई सोलार प्यानल प्रदान गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले बताए । उनका अनुसार सोही गाउँका अन्य परिवारलाई सोलार प्यानल प्रदान गर्ने पालिकाको योजना छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले दश लाख बजेट विनियोजन गरेर नवीकरणीय ऊर्जा प्रवद्र्धन कार्यक्रममार्फत सोलार प्यानल प्रदान गरेको अध्यक्ष बनेमले बताए । अघिल्लो वर्ष सोही गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ११ : ५९ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा