मकै खेतीमा फौजी कीराको समस्या « Khabarhub

मकै खेतीमा फौजी कीराको समस्या


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन् । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो ।

फौजी कीराले मकैमा क्षति भएको स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिए । फौजी कीराले मकैका पात, गुभोमा क्षति गरेको उनको भनाइ छ । उनले भने, ‘यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी  प्रयोग पनि भएको छ ।’

आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी छरिएको जानकारी दिए । उनले भने, ‘हालसम्म गाउँपालिकाको वडा नम्बर २ ढापटारमा समस्या देखियो, जानकारी पाउनेबित्तिकै कीटनाशक औषधि छरेर  किसानलाई यसबारेमा सचेत पारेका छौँ ।’

रोग नियन्त्रणका लागि जैविक विषादी झोल (निम, खुर्सानी, तितेपानी, लसुन, असुरो) प्रयोग गर्न सकिने केसीले बताए । मसिनो माटो, बालुवा, काठको धुलो, खरानी हालेर पनि कीरा नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १२ : ३० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।