बेलायती पत्रकारले गरे नेपालका प्रधानमन्त्रीको बेइज्यती « Khabarhub

बेलायती पत्रकारले गरे नेपालका प्रधानमन्त्रीको बेइज्यती

कुकुल्याण्ड : जहाँ धनीहरू सत्यको मालिक हुन्छन्'


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बेलायतका चर्चित पत्रकार तथा लेखक टम बर्जिजले यसै साता नयाँ पुस्तक प्रकाशित गरेका छन् । पुस्तक २२० पृष्ठ मोटो छ । ‘कुकुल्याण्ड’ नामक पुस्तकको ५७ देखि ७५ पृष्ठसम्म अर्थात १८ पृष्ठ नेपालको विषयमा चर्चा छ । पुस्तकको उपशीर्षक छ– जहाँ धनीहरू सत्यको मालिक हुन्छन् ।

पुस्तकमा नेपालका नवधनाढ्य व्यवसायी अजेयराज सुमार्गीले कसरी एनसेलसँग जोडिएको टेलियासोनेराका बेलायती बिचौलिया मोहम्मद अमेर्सीसँग प्रचण्डको सेटिङ मिलाए भन्ने वर्णन गरिएको छ ।

टम बर्जिजको पुस्तकमा टेलिकमका बिचौलिया मोहम्मद अमेर्सीको ‘नेपाल कनेक्सन’ बारे चर्चा गरिएको छ । नेपालमा टेलियासोनेराले प्रचण्ड र उनका मन्त्रीहरुसँगको पहुँचका लागि  अजेय सुमार्गीलाई जति पनि खर्च गर्न तयार बनेको दाबी गरिएको छ ।

सुमार्गीकी सालीका नाममा किनिएको लाजिम्पाटको घरमा प्रचण्ड बसेको र प्रचण्डको सम्पत्तिसमेत सुमार्गीले आफ्नो नाममा गराएका जस्ता प्रशंगहरु टमको पुस्तकमा उल्लेख गरिएका छन् ।

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनका ज्वाइँ राजबहादुर सिंहमार्फत सुमार्गीले टेलिकमका बिचौलियाहरुसँग सम्पर्क बनाएको र पछि माओवादी सत्तामा आएपछि प्रचण्ड र कृष्णबहादुर महरालाई हातमा लिन सफल भएको पुस्तकमा उल्लेख छ ।

कृष्णबहादुर महराले सुमार्गीलाई हेल्लो नेपालको लाइसेन्स दिएको र पछि बेलायती बिचौलिया मोहम्मद अमेर्सीसँग सुमार्गीले प्रचण्डको भेटसमेत गराएको बेलायती पत्रकार टमको दाबी छ ।

यो पुस्तकले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको बेइज्यत गरेको छ । खोजी पत्रकारितामा विश्व चर्चित लेखक टमले आफ्नो पछिल्लो किताबमा यसरी नेपालका प्रधानमन्त्री प्रचण्डलाई नामूद बिचौलियासँग कनेक्सन गराएपछि प्रचण्डको मात्र नभएर सिंगै नेपालको अन्तरराष्ट्रिय छविमा असर पर्ने देखिएको छ ।

फाइनान्सिलय टाइम्सका पूर्वपत्रकार टम बर्जिज ‘ल लुटिङ मेसिन’ र ‘क्लिप्टोपिया’ जस्ता विश्वचर्चित किताबका लेखक हुन् । उनका यी पुस्तक ‘बेस्टसेलिङ’को सूचीमा परेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १२ : ४३ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको