रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु « Khabarhub

रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

किभ–  रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् ।

खार्किभका मेयर आइगोर टेरेखोभले एउटा आवासीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मी हताहत भएको जानकारी दिए ।

उनले अर्को एक आवासीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताए। प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ । 

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले रसियाले बिहीबार राति कम्तीमा १५ वटा ड्रोनबाट आक्रमण गरेको भए पनि केही ड्रोन खसालिएको दाबी गरे।

खार्किभ समेत युक्रेनका अरु शहरहरूलाई लक्षित गरी रसियाले दिनहुँ क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरिरहेको छ । युक्रेनी अधिकारीहरूले आफ्ना समर्थक राष्ट्रहरू समक्ष हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन माग गरिरहेका छन् । रसियाली आक्रमणबाट जोगिन उनीहरूले खासगरी अमेरिकी प्याट्रिअट सिस्टम प्रदान गर्न अनुरोध गरेका छन् ।

यद्यपि युक्रेनका लागि अमेरिकी सैनिक सहायता पछिल्लो अवधिमा कम हुँदै गएको छ । अमेरिकी तल्लो सदन कङ्ग्रेसले युक्रेनका लागि प्रस्तावित ६० अर्ब डलरको सैन्य सहायताका बारेमा निर्णय नगरेपछि अमेरिकी सैन्य सहायतामा कमी भएको हो । 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  २ : ३७ बजे

कर्मचारी गिरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार

जग्गाको कित्ताकाटसँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

विराटनगर– विराटनगर महानगरपालिको जग्गाको कित्ताकाट खुला भएसँगै घरजग्गाको कारोबार चलायमान

पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स

एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने

काठमाडौं– नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा

धोनीले लिए आईपीएलबाट सन्न्यास : चेन्नई सुपर किंग्सको मेन्टर नियुक्त

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले १९ वर्ष लामो