रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु | Khabarhub Khabarhub

रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

किभ  रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् ।

खार्किभका मेयर आइगोर टेरेखोभले एउटा आवासीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मी हताहत भएको जानकारी दिए ।

उनले अर्को एक आवासीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताए। प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ । 

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले रसियाले बिहीबार राति कम्तीमा १५ वटा ड्रोनबाट आक्रमण गरेको भए पनि केही ड्रोन खसालिएको दाबी गरे।

खार्किभ समेत युक्रेनका अरु शहरहरूलाई लक्षित गरी रसियाले दिनहुँ क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरिरहेको छ । युक्रेनी अधिकारीहरूले आफ्ना समर्थक राष्ट्रहरू समक्ष हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन माग गरिरहेका छन् । रसियाली आक्रमणबाट जोगिन उनीहरूले खासगरी अमेरिकी प्याट्रिअट सिस्टम प्रदान गर्न अनुरोध गरेका छन् ।

यद्यपि युक्रेनका लागि अमेरिकी सैनिक सहायता पछिल्लो अवधिमा कम हुँदै गएको छ । अमेरिकी तल्लो सदन कङ्ग्रेसले युक्रेनका लागि प्रस्तावित ६० अर्ब डलरको सैन्य सहायताका बारेमा निर्णय नगरेपछि अमेरिकी सैन्य सहायतामा कमी भएको हो । 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  २ : ३७ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन