कजरिया टाईल्सको नेपालमा पहिलो ‘एक्सपेरिएन्स सेन्टर’ को उद्घाटन « Khabarhub

कजरिया टाईल्सको नेपालमा पहिलो ‘एक्सपेरिएन्स सेन्टर’ को उद्घाटन


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कजरिया टाईल्सले काठमाडौंमा पहिलो ‘एक्सपेरिएन्स सेन्टर’को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ । उद्घाटन कार्यक्रम कजरिया रमेश टाईल्स लिमिटेडका निर्देशक प्रतीक जलानले सञ्चालन गरेका थिए ।

यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एउटै छानामुनि ग्राहकले आठ सिरिज  र २० भन्दा बढी ‘लाइभ माेक अप’ बाथरूमको अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ । साथै कजारिया टाईल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित ‘ द स्टेट अफ द आर्ट कन्टिन्युए टेक्नोलोजी’ प्रयोग गर्दै, कम्पनीले उद्योगमा नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठूला टाइल स्ल्याबहरू उत्पादन गर्दछ ।

प्रत्येक टाइलले खाली ठाउँमा सुन्दरता साथै कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउने विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

यसैबीच, कजरिया रमेश टाईल्स लिमिटेड, एक संयुक्त उद्यम कम्पनीले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।  कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन गर्दै छ ।

कम्पनीले प्रिमियम टाइलिङ समाधान खोज्ने ग्राहकरलाई अनुभव सुनिश्चित गर्दै गुणस्तरीय र किफायतीताको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  २ : ४९ बजे

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका